नियम ११
प्रसारण तथा वितरण शुल्क

(१) कार्यक्रम प्रसारण वा वितरण गर्ने प्रसारण संस्था वा व्यक्तिले आफूले गरेको वार्षिक कुल आम्दानीको दुई प्रतिशतले हुन आउने रकम प्रसारण शुल्क वापत आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “कुल आम्दानी” भन्नाले अनुमतिपत्र वा इजाजतपत्रसँग- सम्बन्धित कार्य गरे वापत प्रसारण संस्थालाई प्राप्त हुने जुनसुकै आय सम्झनु पर्छ।

तर,आफैले कार्यक्रम उत्पादन गरी भू-सतही, भू- उपग्रह वा केबुलको माध्यमबाट प्रसारण गर्ने टेलिभिजन च्यानल वा एफ.एम. रेडियो प्रसारण गर्ने संस्था वा व्यक्तिले आफूले गरेको वार्षिक कूल आम्दानीको एक प्रतिशतको दरले हुन आउने रकम प्रसारण शुल्क बापत बुझाउनु पर्नेछ ।

(१क) उपनियक (१) बमोजिमको अवधिभित्र कुनै प्रसारण संस्था वा व्यक्तिले प्रसारण वा वितरण शुल्क नबुझाएमा सो अवधि पछि प्रत्येक महिनाको लागि दुई प्रतिशतले थप दस्तुर लाग्नेछ ।

(१ख) नियम ५्ख बमोजिम सिग्नल वितरकको अनुमतिपत्र लिएको व्यक्ति वा संस्थाले आफूले गरेको वार्षिक कुल आम्दानीको दुई प्रतिशतले हुन आउने रकम प्रसारण तथा वितरण शुल्क बापत आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र नेपाल सरकारलाई बुझाउनु पर्नेछ।

(२) उपनियम (१), (१क) वा (१ख) बमोजिम बमोजिम प्रसारण शुल्क बुझाउँदा सम्बन्धित प्रसारण संस्था वा व्यक्तिले सो आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गराई सोको प्रतिवेदन प्रसारण शुल्क साथ पेश गर्नु पर्नेछ ।

(३) ………………

(४) कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले उपभोक्तासंग लिनुपर्ने शुल्क त्यस्तो संस्था वा व्यक्तिको वास्तविक रूपमा हुन गएको खर्च समेतका आधारमा मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।